चितवन विशेष
एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको घुईचो

चितवन, साउन ६–
एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले आज (मंगलबार) आयोजना गरेको शैक्षिक मेला ‘द एक्सपर्ट एज ग्लोबल एजुकेशन एक्सपो’ मा विद्यार्थीको घुईचो लागेको छ ।
भरतपुर–१०, स्थित एक्सपर्ट बेस क्याम्पमा भएको मेलामा विहानैदेखि विद्यार्थीहरुको भीड लागेको थियो । मेलामा अष्ट्रेलिया, क्यानडा, युके, न्युजिल्याण्ड र अमेरिकाका ५० बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधिबाट विद्यार्थीले प्रत्यक्ष रुपमा जानकारी लिन पाएपछि विद्यार्थीहरु खुशी देखिन्थे । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म चलेको मेलामा अन्तिमसम्म विद्यार्थीहरुको भीड थियो ।
एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले युनिभर्सिटी तथा कलेजबाट प्रतिनिधि नै उपस्थित भएकोले विद्यार्थीले आधिकारिक र भरपर्दो जानकारी लिन पाएको बताउनुभयो । यस कार्यक्रमबाट विद्यार्थीहरुमा देखिएको उत्साहले खुशी बनाएको बताउनुभयो ।
मेलामा ब्याचलर्स, मास्टर्स तथा रिसर्च लेभलका विभिन्न प्रोग्राममा पढ्न विदेश जान चाहने विद्यार्थीहरु पुगेका थिए । मेलामा सहभागि एक विद्यार्थीले आफूले सोँचे अनुसारको परामर्श लिन पाएकोमा खुशी व्यक्त गरेका थिए । यस्तै विद्यार्थीहरुलाई लक्की ड्र बाट छाता, विभिन्न छुटका कुपनलगायतको उपहार प्रदान गरिएको थियो ।
एक्सपर्टले २१ वर्षदेखि शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आइरहेको छ । यहाँबाट अष्ट्रेलिया, क्यानडा, युके, युएसए, न्युजिल्याण्ड तथा आयरल्याण्डका विश्वविख्यात युनिभर्सिटी तथा कलेजमा अध्ययन गर्न जानका लागि शैक्षिक परामर्श प्रदान गरिन्छ । साथै एक्सपर्ट चितवनमा भाषा परीक्षाहरू आइइएलटिएस, पिटिई र स्याट तयारी कक्षा पनि सञ्चालन भइरहेका छन् ।

























