राजनीति

एमाले केन्द्रीय कमिटी बैठक: ४२ जनाले राखे धारणा

Banner

काठमाडौं, साउन ५-

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ । बैठकमा पार्टीका उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदनमाथि छलफल चलिरहेको छ । अहिलेसम्म ४२ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार गण्डकी प्रदेश, मधेश प्रदेश, सम्पर्क मञ्च कार्यक्षेत्र भएका सदस्य, कामको विशेष क्षेत्र भएका सदस्यहरूले धारणा राखेको उनले बताए । अन्य सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>