राजनीति

ओलीलाई भीम रावलको कटाक्षः सुतेको र बिरामी भई काम गरेको समय पनि घटाउने कि ?

Banner

काठमाडौं,असार ५-

नेकपा (एमाले)का पूर्वनेता भीम रावलले केपी ओलीको सत्ता मोहलाई व्यंग्य गर्दे कटाक्ष गरेका छन्। एमालेमा ७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा रहेको अवधि घटाउनुपर्छ भन्ने एमाले अध्यक्ष ओलीको भनाइलाई उद्धृत गर्दै उनले कटाक्ष गरेका हुन्। रावलले त्यसो भए बाल्यकाल र काम नगरी सुतेको समय समेत घटाउ भन्दै व्यंग्य गरे।

साथै रावलले आजै बस्ने केन्द्रीय कमिटीको बैठकबाट अधिकार सम्पन्न कार्यदल गठन गर्ने कि भन्दै व्यांग्यात्मक प्रश्न समेत गरेका छन्। ‘एमालेमा ७० वर्षे प्रावधान हटाउने हो भने झ्यालखानामा रहेको अवधि घटाउनुपर्छ भन्ने कुरा केपीबाट बैठकमा पेस भए छ,’ रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केपीको अतृप्त पद र सत्ता भोक शान्त पार्न निजको राजनीतिमा आउनु अघिको बाल्यकाल, काम नगरी सुतेको र बिरामी भई काम नगरेको समयावधि पनि घटाउन आजै बस्ने केन्द्रीय कमिटीको बैठकबाट अधिकार सम्पन्न कार्यदल गठन गर्ने कि ?

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>