चितवन विशेष
मुग्लिन-नारायणगढ सडकमा गुडिरहेको कारमाथि खस्यो ढुंगा, ३ जना घाइते
०

चितवन, साउन ४-
मुग्लिन–नारायणगढ सडकखण्डस्थित तुईन खोलामा गुडिरहेको कारमाथि ढुंगा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार तुईन खोलापुल नजिकै गुडिरहेको कारमाथि ढुंगा खस्दा तीन जना घाइते भएका हुन् ।
सडकमा गुडिरहेको बेला भारतको उत्तर प्रदेश राज्यबाट आएको युपी ८० जीपी २९२८ नम्बरको सेतो रंगको कारमा ढुंगो खसेको हो । कारमा सवार पाँच जनामध्ये पछाडि बसेका कार चालक भारतको आग्रह बस्ने ४२ वर्षीया रतेन्द्र यादव, ३३ वर्षीया हर्मोन यादव र ३५ वर्षीया हितेन्द्र यादव घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुलाई उपचारको लागि इच्छाकामना-५ मुग्लिनको जनता कियर हस्पिटल पठाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























