राजनीति
रास्वपामा प्रवेश गरे पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत रेग्मी
०

काठमाडौं, साउन १-
नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मी रास्वपा प्रवेश गरेका छन् ।
बिहीबार रास्वपा केन्द्रीय कार्यालयमा पार्टी प्रवक्ता मनीष झा लगायतका नेता कार्यकर्ताले पार्टीमा स्वागत गरिएको घोषणा गरेका हुन् । उनले पर्यटन बोर्डको कार्यकाल सकिएलगत्तै पार्टीको सदस्यता लिएको प्रवक्ता मनिष झाले जानकारी दिए । स्याङ्जाका स्थायी बासिन्दा रेग्मी जलवायु परिवर्तन तथा हिमतालहरुको अध्येता हुन् ।
अर्थ साइन्समा जापानबाट विद्यावारिधि गरेका छन् भने अमेरिकी विश्वविद्यालयमा पनि अध्ययन गरेका छन् । उनले भूगोल विषयको शिक्षकका रुपमा बुढानिलकण्ठ स्कूलमा अध्यापन गराएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























