राजनीति
सर्वसम्मतिले पारित भयो काठमाडौँ महानगरको बजेट
०

काठमाडौं,असार ३२-
काठमाडौं महानगरपालिकाको बजेट बुधबार सर्वसम्मतिले पारित भएको छ । बुधबार राष्ट्रिय सभागृहमा नगरसभाको १७औँ अधिवेशनको दोस्रो बैठकबाट आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पारित गरिएको हो । आगामी आर्थिक वर्षका लागि महानगरले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ । मेयर बालेन शाह र कार्यकारी अधिकृत सरोज गुरागाईँबीचको विवादका कारण महानगरले ढिला गरी बजेट ल्याएको हो।
महानगरले २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चित कोष र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुने गरी बजेट ल्याएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























