मनोरञ्जन

‘मिस युनिभर्स नेपाल’लाई प्रधानमन्त्रीको शुभकामना

Banner

काठमाडौं, असार ३२-

‘मिस युनिभर्स नेपाल २०२५’लाई प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिएका छन् । भद्रपुर विमानस्थलमा प्रतियोगिताका आयोजकलाई भेटेर प्रधानमन्त्री ओलीले शुभकामना दिएका हुन् ।

‘अन्तर्राष्ट्रियस्तरको मिस युनिभर्स प्रतियागिताको अडिसन दमकमा आयोजना भैरहेको थाहा पाउँदा खुसी लागिरहेको छ’ उनले भनेका छन्, ‘नेपाललाई चिनाउने, नेपालको ब्युटी चिनाउने, नेपालको ट्यालेन्ट चिनाउने, अवसर हो । यस अवसरलाई हाम्रा चेलीले राम्रोसँग सदुपयोग गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

अडिसन झापाको दमक र विराटनगरमा सम्पन्न भैसकेको छ । आयोजक संस्था ‘ग्लोबल ग्याल्मर भेन्चर’की संगीता पुरीका अनुसार चितवन र पोखरामा अडिसनको तयारी छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>