राजनीति

संसद्‌ विघटनले मलाई पछ्याइरहन्छ भन्ने थाहा छः विद्यादेवी भण्डारी

Banner

काठमाडौं, असार ३१-

पूर्व राष्ट्रपति तथा नेकपा एमालेकी नेतृ विद्यादेवी भण्डारीले संसद् विघटनको घटनाले आफूलाई पछ्याइरहने बारे आफू जानकार रहेको बताएकी छन् ।
मंगलबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको संसद् विघटनबारे प्रश्नमा उनले संविधानले गरेको व्यवस्थाअनुसार काम गरेको बताइन् ।

‘संसद् विघटन विगतको कुरा हो, यसले मलाई पछ्याइरहन्छ भन्ने कुरामा म जानकारै छु’ उनले भनिन्, ‘२०१७ सालको कुरा पनि इतिहासमा आइरहन्छ, पछि २०५१ मा पनि विघटन भएको छ त्यो पनि आइरहन्छ ।’

उनले थपिन्, ‘म राष्ट्रपति भएको बेलामा पनि दुईचोटि संसद् विघटन भएको छ, त्यो आइरहन्छ, तर त्यसलाई मैले कुनै दबाब भन्दा पनि मन्त्रिपरिषद्ले निर्णय गरेर आएको कुरालाई कार्यान्वयन गरेको हो, जे व्यवस्था छ त्यही गरेको हो ।’

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>