चितवन विशेष
ज्ञानदर्शन स्कूलद्वारा चेपाङ वस्तिमा सहयोग वितरण
०

चितवन, असार ३०-
भरतपुरमा रहेको ज्ञानदर्शन स्कूलले चेपाङ विद्यार्थीलाई खाद्यन्न सहयोग गरेको छ । विद्यालयको रेडक्रस सर्कलले सिद्धि छात्रावासमा अध्ययनरत विद्यार्थीलाई ३५ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको हो ।
विद्यार्थीले खाजा खर्च कटौती गरेर संकलन गरेको १५ हजार रुपैयाँ संकलन गरेको रकम र शिक्षकबाट संकलन भएको २० हजार रुपैयाँबाट उनीहरुले चेपाङ विद्यार्थीलाई सहयोग गरेको रेडक्रस शिक्षक नायक दिपेन्द्र लामिछानेले जानकारी दिनुभयो । उनीहरुले चामल, दाल, तेल, नुन, लगायत अत्यावश्यक सामग्री वितरण गरिएको थियो । सामाजिक उत्तरदायित्व अन्तरगत विद्यार्थी र शिक्षकले गरेको यो सहयोग प्रति छात्राबासका सञ्चालक भरत चेपाङले धन्यवाद दिनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























