चितवन विशेष

चितवनमा नयाँ टिभीएसको ‘जुपिटर ११०’ स्कुटर सार्वजनिक

Banner

सुजन पण्डित
चितवन, असार ३०–
चितवनमा जगदम्बा मोटर्सले टिभीएस जुपिटरको ११० सिसि स्कुटर सार्वजनिक गरेको छ । काठमाडौँ, पोखरा र बुटवलपछि जगदम्बा मोर्टसले आज (सोमबार) भरतपुरमा एक कार्यक्रमको बिच स्कुटरको सार्वजनिक गरेको हो ।

यस स्कुटीमा सुरक्षा बढाउने रोपेटल डिस्क ब्रेक, इमर्जेन्सी ब्रेक वार्निङ, इन्जिन, अन्डर सिट स्टोरेज लगायतका सुविधाजनक १५ वटा फिचर रहेको मलालक्ष्मी मोर्टर्स नारायणगढका प्रबन्ध निर्देशक भिमसेन श्रेष्ठले जानकारी दिनुभयो । उहाँले स्कुटरमा माइलेज, प्रर्दशन, आराम, सुविधा, सुरक्षा र प्रविधिको सन्तुलन रहेको बताउनुभयो । यस स्कुटरको मुल्य २ लाख ५७ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

चितवनमा सन् २०१५ देखि टिभिएसका स्कुटी र मोटरसाइकल भित्रिएका हुन् । त्यस यता टिभिएसका स्कुटर सर्वाधिक बिक्री भएको रिकन्डिसन एशोसियसनका अध्यक्ष दिपक खड्काले जानकारी दिनुभयो । ‘टिभिएसको इन्जिन राम्रो छ । यसको स्कुटरले अवार्ड समेत जितेको छ,’ उहाँले भन्नुभयो ‘अहिले बजारमा टिभिएसका मोटरसाइकल र स्कुटर सर्वाधिक देख्न सकिन्छ’

मलालक्ष्मी मोटर्सका प्रबन्ध निर्देशक सरोज अर्यालले टिभिएसको बिक्री र एक्सचेन्ज मुल्य समेत राम्रो रहेको बताउनुभयो । ‘हामीले मोटरसाइकल र स्कुटरको एक्सचेन्ज मेला समेत गर्दै आएका छौँ’, उहाँले भन्नुभयो ‘कुनै पनि समयमा हामीले उचित मुल्य दिएर एक्सचेन्ज गर्दछौँ ।’ टिभिएसले मोटरसाइकल पाँच, स्कुटर चार र इलेक्ट्रिक स्कुटर एक किसिमका मोटरसाइकल र स्कुटर बजारमा ल्याएका छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>