राजनीति

प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल

Banner
काठमाडौँ, असार २९ –
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले लामो सङ्घर्षपछि प्राप्त उपलब्धि र अधिकार रक्षा गर्नु आजको नेपाली समाजको प्रमुख जिम्मेवारी भएको बताउनुभएको छ ।
राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल ९मानव अधिकार एलाइन्स०को २६औँ स्थापना दिवसका अवसरमा आज भक्तपुरमा आज आयोजित कार्यक्रममा उहाँले आजको अधिकार प्राप्तिका लागि नेपालका राजनीतिक दलको त्याग, सङ्घर्ष र बलिदान भएको बताउनुभयो ।
महासचिव पोखरेलले २००७ को परिवर्तनपछि नेपाली जनताले केही अधिकार पाएका भए पनि पुनःराजाले त्यो अधिकार खोसेको उल्लेख गर्नुभयो । उहाँले लोकतान्त्रिक राज्य जति बलियो हुन्छ त्यति नै मानव अधिकार सुनिश्चित हुने धारणा राख्नुभयो । राज्यलाई मानव अधिकार विरोधी भनी गरिने परिभाषा नै गलत रहेको भन्दै यसले सामाजिक अराजकता बढाउने उहाँको भनाइ छ ।
महासचिव पोखरेलले सामाजिक अराजकताले अन्ततःराज्यलाई कमजोर बनाउने र मुलुकको विकासलाई रोक्ने भनाइ राख्नुभयो । लोकतान्त्रिक राज्य मानवअधिकार विरोधी नभई मानव अधिकारको रक्षक भएको उहाँले बताउनुभयो ।
वर्तमानको निराशामा टेकेर लोकप्रिय कुरा गरी समाजमा भ्रम फिँजाएर राजनीति गर्नेले देश र जनताको हितमा काम नगर्ने उहाँको धारणा छ । उनीहरूले सामाजिक अराजकता बढाउने र प्रतिगमनलाई नै सहयोग पु¥याउने पोखरेलले बताउनुभयो ।
महासचिव पोखरेलले नेपालको आर्थिक विकासमा अहिले नयाँ चुनौती सिर्जना भएको बताउनुभयो । “काम गर्ने उमेरका सबै मान्छे विदेश गएपछि देश बन्छ कसरी रु काम गर्ने मान्छे सबै विदेश जाने, अनि देश बनेन भनेर गाली गर्ने, देश बनेन भनेर चिन्ता गरेर हुँदैन, यसका लागि देशमा नै बसेर काम गर्नुपर्छ”, उहाँले भन्नुभयो । देशलाई समृद्ध बनाउने हो भने नागरिक समृद्धिको यात्रामा जुट्नैपर्ने उहाँको भनाइ छ ।
त्यस अवसरमा मानव अधिकार एलाइन्सका इञ्चार्ज विष्णु रिजालले एमालेलाई बलियो बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो । मानव अधिकार एलाइन्सका अध्यक्ष विदुर सुवेदीले मानव अधिकार उल्लङ्घनका घटना बढिरहेकाले सरकार सचेत हुनुपर्नेमा जोड दिनुभयो ।  रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>