राजनीति
रविपछि टोपबहादुरको पक्षमा हस्ताक्षर अभियान, ‘राजनीतिक प्रतिशोध’ साँधेको आरोप

काठमाडौं,असार २७-
पाँचभन्दा धेरै सहकारीको बचत रकम ठगी आरोपमा मुद्दा खेपिरहेका रवि लामिछानेको पक्षमा यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर अभियान चलाइरहेको छ । रविको पक्षमा चलाइएको अभियानको सिको गर्दै नेकपा एमालेका सचिव एवम् प्रतिनिधिसभाका सदस्य टोपबहादुर रायमाझीलाई पनि राजनीतिक प्रतिशोध साँधेर जेल पठाइएको भन्दै हस्ताक्षर अभियान थालिएको छ ।
पूर्वमन्त्रीसमेत रहेका रायमाझीमाथि राजनितिक प्रतिशोध भएको भन्दै उनकै गृहजिल्ला अर्घाखाँचीबाट ‘जनताको हस्ताक्षर अभियान’ थालिएको हो ।
रायमाझीको पक्षमा हस्ताक्षर अभियान सन्धिखर्कस्थित युवाहरूले चलाएका हुन् । ती युवाले नक्कली भुटानी शरणार्थीलाई अमेरिका पठाउन मुछिएको भन्दै चलाइएको मुद्दामभा कांग्रेस नेता बालकृष्ण खाँणलाई राहत दिएर रिहा गरिँदा रायमाझीलाई प्रतिशोधस्वरुप थुनिएको दाबी गरेका छन् ।
सन्धिखर्कस्थित स्थानीयबासी एवम् पत्रकार दीपेन्द्र पौडेलले यो अभियान युवाहरूले स्वतःफूर्त थालेको बताएका छन् । यो अभियान कुनै दलको नभई रायमाझीको समर्थनमा स्वतन्त्र युवाहरूले चलाएको जानकारी आफूले पाएको बताएका छन् ।
यसबारेमा एमालेको स्थानीय नेतृत्वले अनभिज्ञता प्रकट गरेको छ । एमाले अर्घाखाँचीका अध्यक्ष पीताम्बर भुसालले अदालतकव आदेशअनुसार सजाय काटिरहेको अवस्थामा कसैको पक्षमा हस्ताक्षर नचलाइएको बताए । उनले उनले अदालतमा विचाराधीन रहेको मुद्दामालाई हस्ताक्षर अभियान चलाएर गिजोल्ने पक्षमा पार्टी नरहेको पनि उल्लेख गरे । यस अभियानलाई एमालेसँग नजोड्न पनि उनले बताएका छन् ।


























