राजनीति

माओवादीले बोलायो स्थायी समिति बैठक

Banner

काठमाडौँ, असार २६-

नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको पदाधिकारी बैठकले साउनको पहिलो हप्ता स्थायी समिति बैठक बोलाएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

यस्तै आजको बैठकले विपद् व्यवस्थापनमा एकजुट भएर लाग्ने निर्णय गरेको छ । साउन ७ गते पर्ने नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवस औपचारिक रूपले मनाउने निर्णय गरेको छ । औपचारिक निर्णय गरेर मनाउने ।

प्यालेस्टाइन र इरानमाथि ज्यादतिविरुद्ध शुक्रबार १२ राजनीतिक दलले गर्ने विरोध सभामा सचिव लिलामणि पोखरेललाई वक्ताको रूपमा पठाउने निर्णय भएको पौडेलले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>