चितवन विशेष

भरतपुरमा टि.भि.एस को मनसुन प्लान्टेसन एक्सचेन्ज मेनिया सञ्चालन

Banner

चितवन, असार २६-

टि.भि.एसको नेपालका लागि आधिकारीक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नारायणगढको भरतपुरमा टिभिएसको मनसुन प्लान्टेसन एक्सचेञ्ज मेनिया सञ्चालन गर्ने भएको छ । एक्सचेञ्ज म्यानिया असार २५ देखि ३१ गतेसम्म ६ दिन सञ्चालन हुने संचालक सरोज अर्याल जानकारि दिनुभयो ।

उहाँको अनुसार बिरेन्द्र क्याम्पस गेट अगाडि रहेको सि.जि ल्याण्डमार्क संगै मालाश्री मोटर्स प्रा.लि. ले टिभिएसको मनसुन प्लान्टेसन एक्सचेञ्ज मेनिया आयोजना गर्ने मालाश्री मोटर्स प्रा.लि.सञ्चालक गर्छ ।

यस बिषेश अफरमा १०० सि सि देखि ३१० सिसि सम्मका मोपेड, स्कुटर र मोटरसाइकलहरु छानि छानि लिन सकिने र नयाँ लन्च भएको स्कुटर जुपिटर पनि धमाधम बुकिङ भएको कुरा जगदम्बा मोटर्सका रिजनल अफिसर शिबकान्त चौधरीले जानकारि गराउनुभयो।

उनले एक्सचेञ्ज मेनियामा जुनसुकै पुरानो मोटरसाइकलको कम्तिमा ३० हजार मुल्यांकनसहित १० हजार थप मुल्यांकन गरिने बताए ।
मोटरसाइकल तथा स्कुटर खरिदमा कम्तीमा ८ हजार छुटका साथै शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुबिधा रहेको मालाश्री मोटर्स प्रा.लिले जनाएको छ ।

मनसुन प्लान्टेसन एक्सचेञ्ज म्यानिया कार्यक्रम अन्तरगत वृक्षारोपण कार्यक्रम समेत टिभिएसले ल्याएको छ । पर्यावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्यले टिभिएसका ग्राहकले कम्तिमा एउटा बिरुवा रोपेर सामाजिक संजालमा पोष्ट गर्नेमध्ये देशभरबाट लक्की ड्र मार्फत १० जनालाई ५ बर्षसम्म सडक कर छुट हुने समेत जगदम्बाले जनाएको छ ।
यसैगरी टिभिएसका मोटरसाइकल र स्कुटर खरिद गर्दा व्याग, बाईक कभर र हेलमेट उपहार स्वरुप प्रदान गरिने मालाश्री मोटर्स प्रा.लि.ले जनाएको छ।

साथै टिभिएसले फ्रिसर्भिस प्रदान गर्दै आएको छ र टिभिएस का सबै मोटरसाइकल र स्कुटरहरुमा लाईफटाईम वारेन्टी सुविधा पनि रहेको मालाश्री मोटर्स प्रा।लि जनाएको छ । साथै लक्की ड्र मार्फत एकजना लाइ बिषेश उपाहार पनि व्यवस्था गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>