राजनीति
प्रधानमन्त्रीको सचिवालयले भन्योः रेनु दाहालको सचिवालयले अफबाह फैलायो,स्पेन गएका सबै स्वदेश फर्किएका छन्

काठमाण्डौँ, असार २४-
प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको सचिवालयबाट स्पेन भ्रमणको बिषयमा अफबाह फैलाएको आरोप लगाएको छ । प्रधानमन्त्रीको हालै भएको स्पेन भ्रमणमा गएकामध्ये स्वदेश नफर्किएको भनेर संसदमा कुरा उठेपछि प्रधानमन्त्रीको सचिवालयले सबै फर्किएको भन्दै दाहालको सचिवालयबाट अफबाह फैलाउन सुरु भएको बताएको हो ।
‘यो हल्ला चलाउन रेणु दाहालको सचिवालयबाट सुरू भएको हो, त्यसपछि दीपशिखाले पनि स्टाटस लेखेका थिए’, प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईले भने । प्रधानमन्त्री स्वदेश फर्केकै दिनदेखि यस्तो हल्ला चलाउन सुरू गरेका थिए । कुन नाम गरेको मानिस नफर्केको हो भनेर भन्नुप¥यो । ’
प्रधानमन्त्रीसँग स्पेन भ्रमणमा गएका मध्ये नर्फिएको व्यक्ति बताइदिन उनले अनुरोध गरेका छन । उनका अनुसार प्रधानमन्त्रीको नेतृत्वमा नेपालबाट स्पेन गएको टोलीमध्ये फर्कने बेला अझै दुई जना थपिएर फर्केका छन् ।
आजको संसद बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद गौतमले प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै प्रधानमन्त्री ओली सहभागी भएको स्पेनको कार्यक्रमको बहानामा गएका मानिसहरू नफर्किएको बताएकी थिइन् ।
’प्रधानमन्त्री सहभागी स्पेनको कार्यक्रममा सहभागी हुने बहानामा गएकाहरू स्वदेश नफर्किएको समाचार आएका छन्’– गौतमले भनेकी थिइन् । ‘सम्माननीय प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा समेत केही मानिसहरू कार्यक्रममा सहभागी हुने बहाना गरेर नफर्किएको भन्नेलगायतका समाचारहरू पनि आइरहेका छन् । व्यक्ति विशेष कसैप्रति पनि हाम्रो आरोप छैन तर यो विषय गम्भीर हो,’ सांसद गौतमको भनाइ थियो ।


























