राजनीति

विपिनको रिहाइका लागि पहल जारी राख्न प्रधानमन्त्री आग्रह

Banner

काठमाडौं, असार २३-

प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलबाट हमासको अपहरणमा परेका कञ्चनपुरका युवा विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टसँग आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले स्पेन भ्रमणका क्रममा इजिप्टका प्रधानमन्त्री डा। मुस्तफा कमाल माडबुलीसँगको भेटका क्रममा विपिनको रिहाइका लागि जारी पहललाई निरन्तरता दिन आग्रह गरेको जानकारी दिए ।

‘हमासले बन्दी बनाएका नेपाली नागरिक विपिन जोशीको रिहाइका लागि हालसम्म इजिप्टले गरेको सहयोगका लागि धन्यवाद दिँदै निरन्तर पहलका लागि अनुरोध गरेको छु,’ प्रधानमन्त्री ओलीले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>