राजनीति

‘कुलिङ पिरियड’ बारे छानबिन गर्न बनेको संसदीय समितिको नेतृत्व कांग्रेसले गर्न हुँदैन:रास्वपा

Banner

काठमाडौँ, असार २३-

निजामती विधेयकको कुलिङ पिरियडमा छानबिन समितिको नेतृत्व कांग्रेसले गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले असन्तुष्टि जनाएको छ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाका प्रवक्ता मनिष झाले जुन दलसँग सम्बन्धित नेतामाथि प्रश्न उठेको छ त्यसले समितिको नेतृत्व गर्न नहुने बताए ।

उनले भने, ‘जुन दलसँग सम्बन्धित नेतामा औला उठेको थियो त्यही दलले त्यसको नेतृत्व नगर्ने भन्ने कुरा चलेको थियो। तर आज त्यो बिर्सँदै हुनुहुन्छ। जुन व्यक्तिको नाम जोडिएको छ त्यो व्यक्तिको नाम जोडेर नै समितिको नाम बन्नुपर्छ भनेर तपाईँहरूले भन्नुभएको थियो त्यो पनि बिर्सिनुभयो ।’ रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>