राजनीति

पार्टीले निर्देशन दिए राजीनामा दिन तयार छुः रामहरि खतिवडा

Banner

काठमाडौं,असार २०-

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पार्टीले निर्देशन दिए राजीनामा दिन तयार रहेको बताएका छन् । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा शुक्रबार उनले पार्टीले निर्देशन दिए संसदीय समितिको सभापति पदबाट राजीनामा दिने बताएका छन् ।

‘मेरो सन्दर्भमा के छ भने पार्टीले अहिल्यै बाहिर बस भन्यो भने म तयार छु,’ खतिवडाले बैठकमा भने । संसदीय समितिबाट सर्वसम्मत पारित भएको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थामा छेडखानी भएको भन्दै कांग्रेस केन्द्रीय सदस्य खतिवडा विवादमा तानिएका छन् । सत्ता साझेदार नेकपा एमालेदेखि प्रतिपक्षी दलहरू उनलाई नैतिकता देखाएर सभापतिबाट राजीनामा दिन सुझाव दिइरहेका छन् । बैठकमा खतिवडाले पार्टी सबैको भएको जिकिर गर्दै एकले अर्कालाई खुइल्याएर कहीँ नपुगिने पनि बताए ।

‘पार्टी सबैको हो, कसैले सभापतिलाई खुइल्याउने, कसैले उपसभापतिलाई खुइल्याउने, कसैले महामन्त्रीलाई खुइल्याउने, कसैले केन्द्रीय सदस्यलाई खुइल्याउने,’ उनले भने, ‘अनि पार्टी कहाँ पुग्छ ? त्यो कुरा कुरा बुझेर प्रस्तुत हुन र आगामी दिनमा यसलाई कसरी परिष्कृत गर्न सकिन्छ भन्ने कुरामा तपाईँहरू सचेत रहिदिनुस् ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>