राजनीति
आफूले नगरेको अपराधमा फसाउन खोजियोः माधव नेपाल
०

जनकपुरधाम,असार १७-
एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केही कम्युनिस्ट पार्टीहरू आफ्नो उद्देश्य बिर्सेर पुँजीवादी र सामन्तीहरूको चंगुलमा फसेको बताएका छन्। मंगलबार जनकपुरधाममा नेकपा एसको धनुषा जिल्ला अधिवेशनको उदघाट्न समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले भने, विरोधीहरू हाम्रो विरोधमा लागेका छन् तर त्यसले केही हुँदैन। तपाईंहरू देश र जनताको हितमा काम गरिरहनुस्।
उनले आफूले नगरेको अपराधमा फसाउन खोजिएको समेत आरोप लगाए। उनले भने, म डराएको छैन, मैले कुनै अपराध नै गरेको छैन, त्यसकारण डराउनुपर्ने कुनै कारण पनि छैन। उनले मैले पूरै जीवन देशका लागि समर्पित गरेको बताउँदै पुँजीवादी र सामन्तीहरूको विरोधमा बिताएको बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























