राजनीति
प्रकाशमान सिंह कार्यवाहक प्रधानमन्त्री
०

काठमाडौँ, असार १४-
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्री तोकेका छन्। प्रधानमन्त्री ओली स्पेन प्रस्थान गरेपछि उनको अनुपस्थितिमा वरिष्ठ उपप्रधानमन्त्री रहेका सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो।
प्रधानमन्त्री ओलीको अनुपस्थितिमा उनकै सिफारिसमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम गर्न संविधानको व्यवस्था अनुसार राष्ट्रपति पौडेलले जिम्मेवारी दिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























