राजनीति
माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दामा राजनीतिक पुर्वाग्रह राखियो

काठमाडौं, असार १३-
नेकपा (एकीकृत समाजवादी)का नेता सोमप्रसाद पाण्डेले अध्यक्ष माधव नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा कानुनी नभई राजनीतिक रहेको निष्कर्षमा पार्टी पुगेको बताएका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले अध्यक्ष नेपालविरुद्ध लगाइएको मुद्दा अस्वाभाविक र राजनीतिक आग्रह प्रेरित रहेको ठहर गरेको उनले जानकारी दिए ।
नेता पाण्डेका अनुसार बैठकले पतञ्जलि प्रकरणमा अध्यक्ष नेपालमाथि नभई पतञ्जलिमाथि छानबिन हुन आवश्यक रहेको पनि निष्कर्ष निकालेको बताए । ‘अख्तियारले अध्यक्ष नेपालले आफूमाथि लागेको मुद्दा र त्यसको प्रतिरक्षा कसरी भइरहेको छ भन्ने विषयमा नेताहरूलाई जानकारी गराउनुभयो,’ उनले भने, ‘यसपछि के गर्ने विषयमा पनि हामीले छलफल गर्यौं । हामी यो कानुनीभन्दा पनि राजनीतिक मुद्दा हो भन्ने निष्कर्षमा पुगेका छौं ।’


























