भरतपुर

एकजुट भएमा कांग्रेसले बहुमत ल्याउन सक्छः सभापति देउवा

Banner

चितवन, असार १३-

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस एक भएर लागेमा आगामी निर्वाचनमा बहुमत ल्याउन सक्ने बताएका छन् । चितवनको नारायणगढमा आज कांग्रेसका स्वर्गिय नेता श्यामकृष्ण प्रधानकी धर्मपत्नी गौरीदेवि प्रधानको श्रद्धाञ्जली सभामा बोल्दै देउवाले यस्तो बताएका हुन् ।

‘अहिले नेपालको सन्दर्भमा कुनैपनि दललाई बहुमत ल्याउन कठिन छ । नेपाली कांग्रेस एक भएर लाग्यो भने एक्लै बहुमत ल्याउन सक्दछ,’–उनले भने । उनले नेपाली कांगेसमा एक अर्काप्रति हराउन लाग्ने प्रवृति बढी रहेको समेत सुनाए । ‘हाम्रो पार्टीमा एक अर्कालाई छेक्ने र टिकट लिएर आएपछि अर्को समुह हराउन लाग्छ’ उनले भने ‘यहाँ एक अर्कालाई रोक्ने आरोप छदैँ छ ।’ पार्टीले नै आफुलाई सभापति र प्रधानमन्त्री बनाएकाले आगामी दिनमा कांग्रेसलाई अझै राम्रो बनाउँदै लैजाने प्रतिवद्धता समेत उनले जनाए ।

संसदमा कसैको पनि बहुमत नभएकाले कांग्रेसले कहिले माओवादी र कहिले एमालेसँग मिलेर सरकार बनाउनु परेको बताए । सभापती देउवाले अहिलेको संविधान उत्कृष्ट रहेकाले यसलाई बचाउन आवश्यक रहेको बताए । ‘अहिलेको संविधान राम्रो छ । समावेशी छ र समानुपातिक छ । यसले सबैको प्रतिनिधित्व गरेको छ,’ उनले भने ‘नेपाली कांग्रेसले संविधानलाई बचाउनु छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>