चितवन विशेष
चितवनमा श्रीमान्-श्रीमती दुवैले भीरबाट हाम फालेः श्रीमतीको निधन,श्रीमान गम्भिर घाइते
०

चितवन,असार ११-
घरायसी झगडामा श्रीमान्–श्रीमती दुईजनाले सँगै भीरबाट हाम फाल्दा श्रीमतीको मृत्यु भएको छ । चितवनको राप्ती नगरपालिका- ४ चौकीडाँडामा श्रीमतीको निधन भएको प्रहरीले जनाएको छ । श्रीमान् भने गम्भिर घाइते भएका छन् । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार चौकीडाँडाकी ४२ वर्षीया कुमारी प्रजा चेपाङको निधन भएको हो । उनका श्रीमान् ४७ वर्षीय लिलाबहादुर प्रजा चेपाङ गम्भीर घाइते भएका छन् ।
मंगलबार मध्यान्हतिर उनीहरू खहरे खोलाको भिरबाट हाम फालेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन्द्र खनालले जानकारी दिए । दुई जनाले झगडा गरी सँगै भिरतर्फ गएको उनले बताए । कुमारीको घटनास्थलमै मृत्यु भएको थियो । श्रीमान् लालबहादुरको बायाँ कानबाट रगत बगेको र कुममा चोट लागेको छ । उनको भरतपुरको सरकारी अस्पतालमा उपचार भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























