चितवन विशेष

अमेरिकाको कोर्निङ सहरका मेयरसंग पन्तले गरे भेट, भरतपुरसंग सहकार्य बढाउन प्रस्ताव

Banner

चितवन, असार १३–

अमेरिका भ्रमणमा रहेका उद्योग वाणिज्य संघ चितवनका पूर्व उपाध्यक्ष शिरिष पन्तले चितवन र कोर्निङ सहरको सम्बन्ध बढाउन न्यूयोर्क राज्यको कोर्निङ सहरका मेयर विलियम ‘बिल’ बोल्यान्डसंग भेट गरेका छन् ।

धर्मपत्नी प्रियंका घिमिरे पन्तलाई सथ लिएर पुगेका पन्तले चितवनसंग सम्बन्ध बढाउन मेयर बोल्याण्डसंग आग्रह गरेका छन् । उनले दुई शहरबीचको सम्बन्ध अझ सुदृढ गर्न भरतपुर महानगरपालिका र कोर्निङ सहरबीच प्रतिनिधिमण्डल आदानप्रदानको प्रस्ताव समेत राखेका छन् । उनले दुई शहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने विषयमा समेत छलफल भएको पन्तले बताए । यसअघि पन्तले न्युयोर्कस्थित १०० बर्ष भन्दा अगाडि स्थापित दुइवटा बाणिज्य संघका अध्यक्षहरुसंग भेटी आपसी छलफल तथा सस्थागत सहकार्यका लागि पहल गरेका छन् । उनले भ्रमणको क्रममा अन्तर्राष्ट्रिय सामाजिक संस्था रोटरी क्लव अफ सेरे–एथेन्स रोटरी क्लवसंग चितवन रोटरीको सम्बन्ध बिस्तारको लागि समेत प्रयास गरिसकेका छन् ।

कोर्निङ सिटिका मेयरसंग भेटको क्रममा पन्तले चितवनको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेल्दै कोर्निङका मेयरलाई चितवन पर्यटनको समग्र जानकारी समावेश गरिएको तत्कालीन उद्योग बाणिज्य संघ–चितवनले प्रकाशन गरेको सुन्दर र सुसंस्कृत “चितवन पर्यटन पुस्तिका” प्रदान गरेका थिए। साथै, भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालको तर्फबाट पठाइएको स्वागत तथा शुभकामना पत्र मेयर बोल्यान्डलाई हस्तान्तरण समेत गरे। नेपालको सांस्कृतिक सम्मानको प्रतीकस्वरूप उनले कोर्निङका मेयरलाई नेपाली ढाका टोपी समेत पहिराएर विशेष सम्मान व्यक्त गरेका थिए ।

मेयर बोल्यान्डले भरतपुरका मेयर दाहालका लागि आफ्नो सहर अङ्कित लोगो चिनारी स्वरूप हस्तान्तरण गर्दै आगामी दिनमा थप छलफल गरि सम्बन्ध स्थापित गर्न आफू उत्साहित रहेको जानकारी गराएका थिए । उक्त शहरले जापान, इटली तथा युक्रेनका सहरहरुसंग भगिनी सम्बन्ध कायम गरिसकेको र अब चौथो शहरको रुपमा भरतपुरसंग सहकार्य गर्ने प्रतिबद्धता समेत जनाएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>