राजनीति
सर्वोच्चले डा.मुकुललाई दिएको पत्रसहित निर्वाचन आयोगलाई पनि छलफलमा बोलायो
०

काठमाडौं, असार १२-
सर्वोच्च अदालतले डा. मुकुल ढकालले हालेको मुद्दामा दुवै पक्षहरुलाई १७ गते छलफलका लागि बोलाएको छ ।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासले गत असार ४ गते आयोगले ढकाललाई दिएको पत्रसहितको फाइल पनि मगाउने आदेश गरेको सर्वोच्चका प्रवक्ता अच्युत कुईंकेलले जानकारी दिए ।
ढकालले आफूलाई रास्वपा महामन्त्रीका रुपमा काम गर्न दिन उत्प्रेषण आदेशको माग गर्दै रिट हालेका थिए । इजलासले यस सम्वन्धमा विपक्षीहरुका नाममा कारण देखाउ आदेश पनि जारी गररेको छ ।
निवेदकको माग अनुसार आदेश जारी गर्नु नपर्ने कारणसहितको जवाफ १५ दिनभित्र पेश गर्न भनिएको छ ।
यसका साथै अदालतले निर्वाचन आयोगलाई पनि छलफलमा डाकेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























