चितवन विशेष

४ दिनदेखि हराएका चितवनको राप्तीका वृद्ध खोलामा मृत भेटिए

Banner

भरतपुर,असार ८-

घरबाट हराएको तीन दिनपछि चितवन कोराकका एक चेपाङ वृद्ध खोलाको खोँचमा मृत फेला परेका छन् । राप्ती नगरपालिका–१० कोराक चिप्लेटीका ८१ वर्षीय मकल प्रजा चेपाङ असार ४ गते बुधबार साँझ घरबाट निस्के पनि नफर्केपछि आफन्तले खोजतलास गरेका थिए ।

शनिबार दिउँसो उनको शव घरदेखि उत्तरतर्फ ५ सय मिटर पर ताकुन्चे खहरे खोलाको खोँचमा भेटिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन्द्र खनालले जानकारी दिनुभयो । मकलका भतिज कृष्णबहादुर चेपाङले शव देखेर प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पूर्व पश्चिम राजमार्गको वीरेन्द्रनगर बजारदेखि लगभग १० किलोमिटर उत्तर पहाडी खोँचमा पर्छ । सो क्षेत्र आदिवासी चेपाङ बहुल ठाउँ हो । शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा ल्याइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>