चितवन विशेष

चितवनमा सेन्ट्रल कलेज कविता कन्सर्ट हुने

Banner

चितवन, असार ६-

चितवनमा सेन्ट्रल कलेज कविता कन्सर्ट हुने भएको छ । चितवन र नवलपुरका अनाथ बालबालिकालाई सहयोग गर्ने मुख्य उद्देश्यले भोलि (शनिबार) सेन्ट्रल कलेज कविता कन्सर्ट हुने भएको हो ।

डिटिएम मिडियको आयोजनामा विपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको हलमा हुने कविता कन्सर्टमा नवराज पराजुली र प्रदिप रोदनले कविता बाचन गर्ने कार्यक्रम संयोजक सञ्जय देवकोटाले नारायणी अनलाइनलाई जानकारी दिए । कविता कन्सर्ट साँझ ४ बजेबाट सुरु हुनेछ ।

कार्यक्रममा प्रवेश शुल्क सर्वसाधरणको लागि ५ सय र विद्यार्थीको लागि २५० तोकिएको छ । संयोजक देवकोटाले कविता कन्सर्टको टिकट चितवनमा हुनेले क्लियर भिजन अप्टिकल हाउस, चितवन केक हाउस, सम्पूर्ण किताब लायन्सचोकबाट लिन सक्नेछन भने नवलपुरबाट डिटिएम मिडिया हाउस कावासोती, मध्यविन्दु क्याम्पस र ह्याप्पी एफएम दलदलेबाट लिन सकिने उनले जानकारी दिए । कार्यक्रमको टाइटल स्पोन्सरमा सेन्ट्रल कलेज र मुख्य प्रायोजकमा क्लियर भिजन रहेको छ ।

झापाको जलथलस्थित एक किसानको घरमा जन्मिएका नवराज पराजुलीले साहित्यिक यात्रा गजलबाट सुरु गरेका हु । नवराज आफ्ना कविता वाचन शैलीका कारण बढी चिनिन्छन्। उनको प्रकाशित कृति ‘सगरमाथाको गहिराइबाट उनले साहित्यिक विधामा दिइने प्रतिष्ठित पद्मश्री पुरस्कार समेत पाएका छन् । यस्तै गोरखा पालुङटार पाण्डेबेसी जन्मथलो भएका प्रदीप रोदन युवापुस्तामाझ निकै लोकप्रिय छन् । उनले सामाजिक, राजनीतिक विकृतिदेखि प्रेमरविछोडका विषयलाई गजल मार्फत प्रस्तुत गर्छन् । देशविदेशका विभिन्न कार्यक्रम र सामाजिक सञ्जालमा आफ्ना गजल प्रस्तुत गरेका रोदनको पहिलो गजलकृति हो, ‘मफलर’ । उनले ०७३ सालमा ‘लोकप्रिय गजलकार अवार्ड’, ०७५ सालमा ‘उत्कृष्ट युवा प्रतिभा पुरस्कार’ र ०७९ सालमा ‘साताको साहित्य पुरस्कार’ पाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>