चितवन विशेष
रक्तदान महोत्सवमा १७१७ जनाले गरे रक्तदान
०

चितवन, जेठ ३१-
ब्लड डोनर्स सोसाइटी नेपाल, चितवन शाखाको आयोजनामा भरतपुरमा शनिबार गरिएको रक्तदान महोत्सवमा १ हजार ७ सय १७ जनाले रक्तदान गरेका छन् ।
रक्तदान महोत्सवमा जिल्लाका सात वटै पालिका र आसपासका विभिन्न गाउँठाउँबाट उल्लेख्य संख्यामा उत्साहप्रद ढंगबाट रक्तदाताहरु सहभागी भएका थिए । संकलित रगतमध्ये नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरले १५३६ युनिट र भरतपुर अस्पताल ब्लड बैंकले १८१ युनिट रगत स्टोर गरेका छन् ।
रक्तदान महोत्सवले एकै दिनमा एकै ठाउँमा सञ्चालित रक्तदान कार्यक्रममध्ये नेपालकै सर्वाधिक रगत संकलन गर्दै राष्ट्रिय रेकर्ड समेत कायम गरेको बताइएको छ । यसअघि लायन्स क्लब अफ काठमाडौँ लगायतका संस्थाले २०७४ फागुन २५ गते विश्व कीर्तिमान कायम गर्ने उद्देश्यले काठमाडौंको टुँडिखेलमा एक हजार ५०० पिन्ट रगत संकलन गरेको बताइको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























