चितवन विशेष

गैसस महासंघ नेपाल चितवनको अध्यक्षमा रामचन्द्र आचार्य चयन

Banner

चितवन, जेठ ३१-

गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा चितवनको अध्यक्षमा रामचन्द्र आचार्य चयन हुनुभएको छ । संस्थाको भरतपुरमा भएको ३३औँ वार्षिक साधारणसभा तथा ११औँ अधिवेशनले आचार्यको नेतृत्वमा १३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा रामकुमार श्रेष्ठ, सचिवमा किशोर खनाल, उप–सचिवमा बिमला भट्टराई र कोषाध्यक्षमा रशु थकाली चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा कमलराज खनाल, लेखनाथ पोख्रेल, पद्मा श्रेष्ठ, मोहन पोख्रेल, मञ्जु सापकोटा, रुपा खत्री थापा र जमुना परियार चयन हुनुभएको छ ।

अधिवेशन उद्घाटन सत्रमा पार्वती घिमिरे दवाडीको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारी, गैरसरकारी संस्था महासंघ नेपाल केन्द्रीय समितिबाट महासचिव देवी खड्का, उपमहासचिवद्वय किरण थापा र भवराज रेग्मी तथा बागमती प्रदेश इञ्चार्ज पहलमान श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । साथै सो कार्यक्रममा “नागरिक समाजका एजेन्डाहरू“ विषयमा अधिवक्ता मदन थापाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउन पूर्व अध्यक्ष खगराज ओझाको संयोजकत्वमा गठित निर्वाचन मण्डलमा पूर्व अध्यक्ष एवम् केन्द्रीय सदस्य केशवप्रसाद रेग्मी र खैरहनी नगरपालिकाकी पूर्व उपमेयर सुनिता थपलिया सदस्य रहनुभएको थियो ।

समारोहमा गैससका गतिविधिमा विशेष योगदान पु¥याएका सचिव किशोर खनाल र कोषाध्यक्ष रशु थकालीलाई सम्मान गरिएको नवनिर्वाचित अध्यक्ष आचार्यले बताउनुभयो । त्यस्तै, संस्थामा दीर्घकालीन संलग्नता र सक्रिय नेतृत्व प्रदान गर्दै आएका पूर्व अध्यक्षद्वय केशवप्रसाद रेग्मी र खगराज ओझालाई पनि सम्मान गरिएको थियो । नवनिर्वाचित अध्यक्ष रामचन्द्र आचार्यले कार्यकाल भर सबैलाई समेटेर अघि बढ्ने, साझा नेतृत्वमा महासंघलाई थप सक्षम, उत्तरदायी र प्रभावशाली बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>