चितवन विशेष
मध्यनेपाल यातायातले चितवनदेखि जनकपुरसम्म बिद्युतिय गाडी संचालन गर्ने

चितवन, जेठ ३१-
चितवनदेखि जनकपुरसम्म मध्यनेपाल यातायात प्रा.लि. ले बिद्युतिय (इभि गाडीं) संचालन गर्ने भएको छ । भोलि (असार १) गतेदेखि मध्यनेपाल यातायातले चितवनदेखि जनकपुरसम्म २ वटा बिद्युतिय गाडी संचालन गर्ने भएको हो ।
हिजो (शुक्रबार) पत्रकार सम्मेलन गर्दै मध्यनेपाल यातायातले यात्रुहरुको सहज यात्राको लागि २ वटा बिद्युतिय गाडी संचालनमा ल्याएको जानकारी दिएको छ । विशेष गरि चितवनलाई केन्द्र मानेर यात्रुहरुलाई सहज र आरामदायी यात्राको लागि एसि सहितको सुबिधा सम्पन्न गाडी संचालनमा आएको मध्य नेपाल यातायात प्रालिका अध्यक्ष चिनी बहादुर बोहोराले जानकारी दिए । उनका अनुसार नारायणघाटदेखि जनकपुर सम्म ५ घण्टामा यात्रा गर्न सकिनेछ । भाडा पनि अन्य गाडिहरुले लिने जति नै कायम राखेको छ ।
देशभर यातायात प्रालिले २ सय वटा बिद्युतिय गाडी संचालन गरिरहेको छ ।
चालक दलका सदस्यहरुलाई पनि छुट्टै ड्रेस र कार्डको ब्यबस्था गरि डिजिटल ढङ्गले संचालन गर्ने व्यवसायी देव गहतराजले जानकरी दिए । चितवन र जनकपुरको धार्मिक र पर्यटन क्षेत्रलाई समेत सहयोग पुग्ने व्यवसायी गहतराजले दावी गरेका छन ।

























