चितवन विशेष

नारायणगढको लायन्सचोकमा सिटी एजड केयर सेन्टरको औपचारिक सेवा शुभारम्भ

०
Banner

चितवन, जेठ २६–

चितवनको नारायणगढस्थित लायन्सचोकमा सिटी एजड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टरले सोमबारदेखि औपचारिक रूपमा आफ्नो सेवा सञ्चालनमा ल्याएको छ । घरायसी र सहज वातावरणमा तालिम दिई स्वास्थ्य सेवामा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले यो केन्द्र सञ्चालनमा ल्याइएको हो ।

कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा यसका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत सुवाष खड्काले केयर गिभर क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउँदै, स्वदेश र विदेशमा अवसर प्रदान गर्नका लागि रिसर्च सेन्टर स्थापना गरिएको बताउनुभयो ।

नेपालमा पनि पछिल्लो समय केयर गिभरमा आकर्षण बढेको समेत उहाँले बताउनुभयो । उहाँका अनुसार, काठमाडौँमा यस सेन्टरले केयर गिभर सम्बन्धि हालसम्म ५ हजारभन्दा बढीलाई तालिम प्रदान गरिसकेको छ । यहाँबाट तालिम लिएर अधिकांश मानिसहरु विदेश गएको उहाँले बताउनुभयो । यस सेन्टरले बेलायतस्थित सिपीडिएसओबाट मान्यता प्राप्त गरी अन्तर्राष्ट्रिय मापदण्डअनुसार केयर गिभर तथा एजड केयर ट्रेनिङ कार्यक्रम सञ्चालन गर्दै आएको उहाँको भनाई छ ।

काठमाडौँमा मुख्य कार्यालय रहेको यस सेन्टरले हाल चितवन र इटहरीमा दुई वटा फ्रेन्चाइजमार्फत प्रशिक्षण दिँदैआएको बजार प्रबन्धक सुशिल भट्टराईले जानकारी दिनुभयो । यहाँ प्रत्यक्ष र अनलाइन माध्यमबाट कक्षाहरू सञ्चालन भएको उहाँले जानकारी दिनुभयो ।

तालिमको अवधि एक हजार दुई सय घण्टासम्म रहेको छ । कक्षा ८ पास गरेका व्यक्तिले तालिम लिन सक्ने भएपनि, अन्तर्राष्ट्रिय मान्यता अनुसार विदेश जान चाहने विद्यार्थीले कक्षा १२ पास गरेको हुनुपर्नेछ । यस संस्थाले नेपालमा प्रशिक्षित जनशक्तिलाई विदेशसम्म पुर्याउने पुलको रूपमा कार्य , घरायसी र सहज वातावरणमा तालिम प्रदान गर्दै स्वास्थ्य सेवामा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य राखेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>