चितवन विशेष

देवेन्द्रपुर-जगन्नाथपुर सम्पर्क मञ्चद्वारा विद्यालयलाई बाद्यबादनका सामाग्री प्रदान

Banner

रेशम सापकोटा,

माडी,जेठ २५-

चितवनको माडी नगरपालिका–८, देवेन्द्रपुरस्थित दक्षिण कालिका राष्ट्रिय आधारभूत विद्यालयलाई देवेन्द्रपुर–जगन्नाथपुर सम्पर्क मञ्च भरतपुरले बाद्यबादनका सामाग्री प्रदान गरेको छ । मञ्चले एक कार्यक्रमको आयोजना गरी विद्यालयलाई सो सामाग्री प्रदान गरेको हो । विद्यालयमा अध्ययनरत बालबालिकालाई अतिरिक्त कृयाकलाप सिक्न सहज होस भन्ने उदेश्यले बाद्यबादनका सामाग्री प्रदान गरिएको मञ्चका अध्यक्ष पूर्ण प्रसाद पोखरेलले बताउनुभयो । उहाँले मञ्चमा आवद्ध सदस्यहरुबाट संकलित रकमबाट विद्यालयलाई सानो सहयोग गरिएको जनकारी दिनुभयो । बालबालिकालाई अध्ययन अध्यापनसंगै आफ्ना प्रतिभा प्रस्फुटनका लागि बाद्यबादनका सामाग्री प्रदान गरिएको भन्दै उहाँले विद्यालयलाई आवश्यकताका आधारमा अन्य सहयोग गरिने बताउनुभयो । विद्यालयलाई मादल, खैजरी, मुजुरा लगायतका सामाग्री प्रदान गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निलकण्ठ काफ्लेले विद्यालयको आवश्यकतालाई ध्यान दिँदै मञ्चले सहयोग गरेको भन्दै धन्यबाद ज्ञापन गर्नुभयो । आफु जन्मे हुर्केको ठाउँलाई रुपान्तरण गर्नु सबैको दायित्व रहेको रहेको भन्दै उहाँले सबैजना एकीकृत भएर काम गर्न सके परिवर्तन सम्भव रहेको बताउनुभयो ।

सल्लाहकार समिति सदस्य कृष्ण प्रसाद काफ्लेले सबैको सहयोगले विद्यालयको शैक्षिक वातावरण सुधार हुनुका साथै विद्यार्थीहरूको उज्ज्वल भविष्य सुनिश्चित हुने बताउनुभयो । विद्यालयका प्रधानाध्यापक उपेन्द्र निरौलाले बाद्यबादनका सामग्रीले बालबालिकामा सिर्जनात्मकता र आत्मविश्वास वृद्धि गर्ने बताउनुभयो । सम्पर्क मञ्चका सदस्यहरूमध्ये केही यसै विद्यालयका पूर्वविद्यार्थी समेत रहेका छन । सो कार्यक्रममा शिक्षक, विद्यार्थी र मञ्चका प्रतिनिधिहरूले संयुक्त रूपमा बाद्यबादनका सामग्री बजाउँदै सांस्कृतिक अभ्यास समेत गरेका थिए ।

सो अवसरमा मञ्चका कार्यसमिति सदस्यहरु र स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो । मञ्चले यसअघि पनि सो क्षेत्रमा जेष्ठ नागरिक सम्मान लगायतका विभिन्न कार्यक्रम गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>