चितवन विशेष

सुनमा लगाइएको बिलासिता कर खारेजी गर्न व्यवसायीको माग

Banner

चितवन, जेठ २३-

चितवनका सुनचाँदी व्यवसायीले सुनचाँदीमा लगाइएको कर खारेज गर्न माग गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले सुन र सुनका गहनामा लगाइएको २ प्रतिशत बिलासिता कर र हिरा–जवाहरात जडित गहनामा लागू गरिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर तत्काल खारेज गर्न माग गरेको हो ।

संघले चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलसमक्ष ज्ञापनपत्र बुझाउँदै, करका कारण व्यवसाय सञ्चालनमा गम्भीर चुनौती उत्पन्न भएको जनाएको छ। संघका अध्यक्ष हेमबहादुर बिश्वोकर्माले सुनको मूल्य आकाशिँदै गएको र त्यससँगै विभिन्न नाममा कर थपिँदा व्यवसायमै संकट आउने अवस्था सिर्जना भएको उल्लेख गर्नुभयो। उहाँले सरकारसँग बारम्बार आग्रह गर्दा पनि सुनवाई नभए आन्दोलनमा जान बाध्य हुने चेतावनी दिनुभयो।

ज्ञापनपत्र बुझाउने क्रममा संघका वरिष्ठ उपाध्यक्ष उत्सव खाती बिकले हिरा र बहुमूल्य पत्थर जडित गहनामा लागु गरिएको १३ प्रतिशत भ्याट पनि तत्काल पुनर्विचार गरी खारेज गर्न माग गर्नुभयो।

ज्ञापनपत्र ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले व्यवसायीहरूले उठाएका मागप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै, संघका जायज मागहरू सम्बोधन गर्न सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>