चितवन विशेष
नयाँ किरण माविमा जलवायु परिवर्तन सचेतना कार्यक्रम

चितवन, जेठ २२-
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ मा रहेको नयाँ किरण कमल कुसुम माध्यमिक विद्यालयमा जलवायू परिर्वतन सम्बन्धि सचेतना कार्यक्रम गरिएको छ । विश्व वातावरण दिवसको आवसर पारेर विद्यालयले आज (बिहीबार) विद्यार्थीलाई जलवायू परिर्वतन सम्बन्धि सचेतना गराएको हो ।
प्लाष्टिकको दुरुपयोगबाट उत्पन्न हुने प्रदूषण र त्यसले जलवायु परिवर्तनमा पार्ने नकारात्मक प्रभावबारे विद्यार्थीहरूमा जागरूकता फैलाउने र उनीहरूलाई पर्यावरण संरक्षणका लागि जिम्मेवार बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयले जानकारी दिएको छ । यस कार्यक्रम मार्फत प्लाष्टिक न्यूनीकरण तथा वैकल्पिक उपायहरूबारे जानाकारी गराइएको थियो ।
कार्यक्रममा कक्षा ८ र ९ का विद्यार्थीहरूलाई विशेष रूपमा सहभागी रहेको थियो । विद्यार्थीले आफ्ना विचार व्यक्त गर्दै वातावरणीय मुद्दामा जागरूकताको आवश्यकता बताएका थिए । वतावरण समबन्धी जानकार सपना भट्टराईले युवाहरुलाई प्लाष्टिकको प्रयोग घटाएर वातावरण संरक्षणमा सशक्त भुमिका खेल्न गर्दैै वर्मीकम्पोष्टिङ जस्ता वातावरणमैत्री प्रविधिहरू अपनाउन उहाँले सुझाव दिनुभयो । उहाँले प्लास्टिक प्रदूषणका विभिन्न आयाम र जलवायु परिवर्तनसँग यसको गहिरो सम्बन्धलाई वैज्ञानिक दृष्टिले विश्लेषण गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक रामेश्वर अधिकारीले विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरूलाई वातावरण संरक्षणमा लाग्न आव्हान गर्नुभयो । यस किसिमका कार्यक्रमहरूले भविष्यका पुस्तामा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । विद्यालयका उपप्रधानाध्यापक कुस्मखर न्यौपानेले विद्यालयले वातावरण संरक्षणमा निरन्तरता दिने प्रतिबद्धता जनाउँदै यस प्रकारका कार्यक्रमहरू भविष्यमा पनि सञ्चालन गरिने बताउनुभयो ।

























