चितवन विशेष

चितवनबाट पनि स्कर्टिङ गरेर १० पर्यटक गाडी काठमाडौँ र पोखरा पठाइयो

Banner

चितवन, जेठ २०–

चितवनबाट पनि आज  पर्यटक सवार १० वटा गाडी स्कर्टिङ गरिएको छ । चितवनबाट काठमाडौँ र पोखराका लागि १० वटा पर्यटक गाडी स्कर्टिङ गरेर गन्तव्यको लागि पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रविन्द्र खनालले जानकारी दिनुभयो ।

पर्यटक सवार ७ वटा गाडी काठमाडौँ र सौराहाबाट पोखराका लागि हिँडेका ३ वटालाई स्कर्टिङ गरेको मुग्लिङ तर्फ पठाइएको उहाँले बताउनुभयो ।
यातायात व्यवसायीको आन्दोलनका कारण हिजोदेखि सार्वजनिक सवारी साधान देशभर चलेका छैनन । जसको असर सर्वसाधारणसँगै पर्यटकहरुमा पनि परेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>