चितवन विशेष

चितवनको कालिकामा जिपिएस प्रणालीमा आधारित घर नम्बर

Banner

चितवन, जेठ १९-

जिल्लाको कालिका नगरपालिकाले ग्लोबल पोजिसनिङ सिस्टम ९जिपिएस० प्रणालीमा आधारित घर नम्बर वितरण सुरु गरेको छ । नगरपालिकाको वडा नं ४ बाट घर नम्बर वितरण आजदेखि थालिएको हो ।

नगर प्रमुख विनोद रेग्मीले वडा नं ४ को वीपी चोकस्थित एक घरमा नम्बर प्लेट टाँसेर वितरणको सुरुआत गर्नुभएको हो । उहाँले आउँदो आर्थिक वर्षमा समग्र नगरपालिकाभरि घर नम्बर वितरण गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष केही घरहरुमा नम्बर प्लेट वितरण गर्छौं, आउँदो वर्ष बजेट विनियोजन गरेर नगरभरि नै घर नम्बर राख्छौँ ।”

आउँदो वर्षको बजेटमा रु ५० लाख बजेट विनियोजन गरेर काम गर्ने उहाँले बताउनुभयो । आधुनिक प्रविधिको जिपिएस प्रणाली प्रयोग गरी घर नम्बर जडानसँगै घर सहज रुपमा पत्ता लगाउन सकिने, सुरक्षित हुने र नगरपालिकाका विभिन्न गतिविधि गर्न सहज हुने प्रमुख रेग्मीले जानकारी दिनुभयो ।

वडा नं ४ का अध्यक्ष मकरमान श्रेष्ठले वडाका घरमा क्रमशः नम्बर वितरण गर्दै जाने बताउनुभयो । उहाँले ८०० नम्बर प्लेट आइसकेको जनाउँदै यो वर्ष नसकिएका घरमा आगामी वर्ष काम गरिने बताउनुभयो ।

घर भएका र खाली घडेरीमा समेत नम्बर दिइने छ । सो वडामा ८०० हाराहारी घरधुरी रहेको उहाँले जानकारी दिनुभयो । कालिकाको पदमपुर क्षेत्र चितवन राष्ट्रिय निकुञ्जको बस्ती स्थानान्तरण गरेर ल्याइएको क्षेत्रमा पर्दछ । यस क्षेत्रमा व्यवस्थित बसोबास रहेको छ । यो प्लानिङ क्षेत्र भएकाले नौलो मानिसका लागि सबैतिर एकै खालको सडक र बस्ती देखिन्छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>