चितवन विशेष

बजेटमाथि सुनचाँदी व्यवसायीका मिश्रीत धारणाः ‘विदेशबाट कामदारले ल्याउने सुनको दरमा स्वागत, मृल्य अभिबृद्धि करमा विरोध’

Banner

चितवन, जेठ १८-

चितवनका सुनचाँदी व्यवसायी संगठनले सरकारले ल्याएको बजेटमाथि मिश्रीत धारणा व्यक्त गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघले सुनचाँदी व्यवसायीको समस्या समाधान हुने गरीे आर्थिक वर्ष २०८२/0८३को बजेट माथि विदेशबाट कामदारले ल्याउने सुनको दरमा स्वागत गरेका छन् भने मुल्य अभिबृद्धि करसम्बन्धी विषयमा विरोज जनाएका छन् ।

उनीहरुले आज सयुक्त विज्ञप्ती जारी गर्दै वैदेशिक रोजगारीबाट फर्कने आम नेपाली नागरिकहरूले झिटीगुन्टा वापत ल्याउने सुन तथा सुनका गहनाको परिमाण सम्बन्धी व्यवस्था स्वागतयोग्य रहेको समेत बताएका छन् । ‘यस बजेटले निर्यातमुखी उद्योगलाई ‘बन्डेड वेयरहाउस’ सुविधा उपलब्ध गराउने तथा ५० प्रतिशत अग्रिम भुक्तानी भएको अवस्थामा आवश्यक सुनचाँदी उपलब्ध गराउने अलग व्यवस्था गरिदिने प्रतिवद्धता पनि अत्यन्तै सकारात्मक छ’–विज्ञप्तीमा भनिएको छ ।

अघिल्लो वर्ष १० लाखभन्दा माथिका गरगहनामा मात्र लागू हुँदै आएको विलासिता कर यस वर्षदेखि सीमा नतोकी सम्पूर्ण गहनामा लागू गरिएकोमा दुखेसो समेत पोखेका छन् । यस वर्ष २ प्रतिशत बिलासिता कर र हिरा–तथा बहुमुल्य पत्थर जडित गहनामा लागू गरिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर प्रति उनीहरुले आपत्ति जनाएका छन् ।
उनीहरुले सुनचाँदीका गरगहना नेपालमा बिलासिताको वस्तु नभई जन्म देखि मृत्युसम्म आवश्यक पर्ने संस्कृति, परम्परा र सामाजिक रीतिरिवाजको अभिन्न हिस्सा भएको अर्थाएका छन् ।
मुल्य अभिबृद्धि करले छिमेकी देशको बजारमा भन्दा अत्याधिक मुल्य बृद्धि भई यसले चोरीपैठारी तथा अवैध कारोबारलाई समेत प्रोत्साहन गर्ने खतरा रहको उनीहरुको भनाई छ ।
सुनचाँदी तथा हिरा–पत्थर जडित गहनाको कारोबारमा फिर्ता बिक्री ग्यारेन्टी अनिवार्य भएकोले बजार कायम राख्न बिक्री मूल्य र खरिद मूल्यमा कमभन्दा कम फरक हुनुपर्ने उनीहरुको भनाई छ ।
व्यवसायीका ६ बुँदे मागः
१ .हाल सबै प्रकारका सुन तथा सुनका गहनामा लागू गरिएको विलासिता कर र हिरा–जवाहरात जडित गहनामा लागू गरिएको मूल्य अभिवृद्धि कर तत्काल पुनर्विचार गरी खारेज गरियोस ।
२. सुनचाँदीको कारोबारलाई दीर्घकालीन रूपमा प्रोत्साहित गर्न चाँडोभन्दा चाँडो ऐन, नियम तथा नीतिहरू निर्माण गरियोस ।
३. कर संरचना परिवर्तन गर्नु पूर्व मौजुदा व्यवसाय, रोजगारी तथा बजारमा पर्ने दूरगामी प्रभावहरूको विस्तृत अध्ययन गरियोस र त्यसबिना करको दायरा नबढाइयोस ।
४. विश्व बजारको मान्यता अनुसार गुणस्तर प्रमाणिकरणको लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त ल्याबको व्यवस्था गरियोस ।
५. नेपाल राष्ट्र बैंकवाट जारी गरिएको परिपत्र अनुसार बैंकहरुवाट निकासी गर्ने साना उद्योगका लागि १०० तथा २०० ग्रामको सुन आपूर्ति नगरिएको हुँदा सानो–सानो परिमाणमा सुनका गरगहना निकासी गर्न नसकीएकोले यसतर्फ ध्यान दिइयोस ।
६. निर्यातमा २ दशमलव ५ प्रतिशत टिडिएस लाग्ने व्यवस्था खारेज गरियोस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>