चितवन विशेष

जर्मन सोलुसन प्रालिको सिसि क्यामेराको प्रविधि बारे चितवनमा छलफल

Banner

चितवन, जेठ १७-

जर्मन सोलुसन प्रालिले उत्पादन गरेका सिसि क्यामेराको प्रविधिको विषयमा ज्ञान आदान प्रदान गरिएको छ । जर्मन सोलुसन प्रालिको चितवनको बिक्रेता हिक भिजन सिसि क्यामेराले आफ्ना बिक्रेता तथा प्राविधिकबिच आज (शनिबार)भरतपुरमा ज्ञान आदानप्रदान गरेको हो ।

कार्यक्रमको उद्घाटन गर्दै उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले सिसि क्यामेराले उद्योगी तथा आम नागरिकको शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भुमिका खेल्दै आएको बताउनुभएको छ । उद्योग वाणिज्य संघ चितवनले कृषि, स्वास्थ्य, शिक्षा, पर्यटनसँगै पछिल्लो समयमा सूचना प्रविधिको प्रवद्धनमा समेत लागेको बताउनुभयो । सूचना प्रविधिलाई जोड्न सकेमा चितवनको आर्थिक विकास गर्न सकिने उहाँको भनाई छ । युवापुस्ताहरु सूचना प्रविधिमा आकर्षित भएको भन्दै उहाँले स्वदेशमै स्वरोजगार बन्न समेत युवालाई आह्वान गर्नुभयो ।

हिक भिजनका व्यवस्थापक सुवास गिरीले सिसि क्यामेरामा जर्मन टेक्नोलोजि सबैभन्दा अगाडि रहेको बताउनुभयो । जर्मन टेक्नोलोजि विश्वमा सबैभन्दा बढी बिक्री हुने भन्दै नेपालमा पनि यसको माग उच्च रहेको बताउनुभयो । नविनतम प्रविधिको प्रयोग गर्दै जर्मन टेक्नोलोजिले सिसि क्यामेरा उत्पादन गरिहेको उहाँले बताउनुभयो ।

चितवनमा सिसि क्यामेरा बिक्रेता पसल २० वटा रहेका छन् । आधाभन्दा बढी जर्मन कम्पनीकै बिक्री भइरहेको हिक भिजनका सञ्चालक अर्जुन सिंखडाले बताउनुभयो । उहाँले अहिले व्यवसायी उद्योगले मात्र नभई घरको सुरक्षाका लागि सिसि क्यामेरा जडान गर्नेहरुको संख्या बढिरहेको बताउनुभयो । कार्यक्रममा चितवनमा सिसि क्यामेरा जडान गर्दै आएका सयभन्दा बढी प्राविधिकको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>