चितवन विशेष

चितवनमा अपाङ्गता समावेशी व्यावसायिकता र रोजगारी सम्बन्धी राष्ट्रिय परामर्श कार्यशाला

Banner

चितवन, जेठ १६–

चितवनमा अपाङ्गता समावेशी व्यावसायिकता र रोजगारी सम्बन्धी राष्ट्रिय परामर्श कार्यशालाको आयोजना गरिएको छ । स्पाइनल इन्जरी संघ नेपाल र मिराल फाउण्डेशनको सहकार्यमा व्यावसायिक तथा प्राविधिक शिक्षामा अपाङ्गता भएका व्यक्तिलाई जोड्ने उद्देश्यले चितवनको भरतपुरमा आज (शुक्रबार) एक दिने राष्ट्रिय परामर्श कार्यशालाको आयोजना गरिएको हो ।

कार्यक्रम मार्फत अपाङ्गता भएका व्यक्तिहरुलाई प्राविधिक तालिम र रोजगारीको अवसरमा समावेश गराउनका लागि नीतिगत छलफल, अनुभव आदानप्रदान र व्यवहारिक समाधानहरुमा केन्द्रित रहेर छलफल गरिएको स्पाइनल इन्जरी संघका अध्यक्ष डाक्टर अनिल बहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार विज्ञबाट प्यानल डिस्कसन समेत गरिएको थियो । त्यसबाट आउने उचित सुझावलाई कार्यान्वयन गरिने समेत उहाँले बताउनुभयो ।

स्पाइनल इन्जरी संघ नेपालले स्पाइनल इन्जुरी पूर्वस्थापना केन्द्र र भ्वाई प्रोजेक्ट सञ्चालन गरेको छ । स्पाइनल इन्जुरी पूर्वस्थापना केन्द्र मार्फत पाँच हजार र भ्वाई प्रोजेक्ट मार्फत ३ सय ९६ जनालाई सेवा प्रदान गरिएको संघकी कार्यकारी निर्देशक इशा थापाले जानकारी दिनुभयो । भ्वाई प्रोजेक्ट मार्फत अपाङ्गता भएका व्यक्तिलाई सीप प्रदान गर्दै रोजगारी सृजना गर्दै आएको समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा भ्वाइस सेन्टर प्रोजेक्टद्धारा तालिम प्राप्त गरेका अमृत परियार र अर्चना रेग्मीले आफ्नो प्रेरणादायी कथा सुनाउनुभएको थियो । यस कार्यक्रमले तालिम केन्द्र रोजगारदाता, सरकारी तथा गैरसरकारी निकाय, सरोकारवाला संस्था र स्वयं अपाङ्गता भएका व्यक्तिलाई एउटै मञ्चमा ल्याएर सहकार्य र समाधान खोजी गरिएको संस्थाकी केश म्यानेजमेन्ट कोडिनेटर रेजी बुढाथोकीले जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले अपाङ्गता भएका व्यक्तिहरुलाई अगामी दिनमा महानगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो । यस संस्थाले अपाङ्गता क्षेत्रमा गरेको कामको प्रसंशा गर्दै उहाँले मानव सेवालाई उत्प्रेरित गर्ने काम गरिरहेको बताउनुभयो ।

एक दिने कार्यशालामा चितवन र मकवानपुरका सिटिभि, टिइभिटि, निजि टे«डिङ सेन्टर, रोजगार दाता तथा १० प्रकारका अपाङ्गता भएका व्यक्ति सहित १ सय ५० जनाको सहभागिता रहेको थियो । मिराल फाउण्डेशनकाकी व्यवस्थापक पाइक चेङ्घी, रोटरी क्लवका इश्वरी ढकाल, भानु शर्मा लगायतको उपस्थिती रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>