प्रवास

क्यानडाको टोरन्टोमा खुल्यो एक्सपर्टको ८८औं शाखा, २५ देशबाट एक्सपर्टले सेवा दिँदै

Banner

क्यानडा, जेठ १३–

अष्ट्रेलियाको सिड्मीमा मुख्य कार्यालय रहेको शैक्षिक परामर्श संस्था एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले आफ्नो ८८औं शाखा क्यानडाको टोरन्टोमा संचालनमा ल्याएको छ ।

अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संस्था एक्सपर्टले २५ वटा देशमा शाखा विस्तार गर्ने क्रममा ८८औं शाखाको रुपमा क्यानडामा संचालनमा ल्याएको हो । उक्त शाखाको एक्सपर्टका ग्लोबल डाइरेक्टर बद्री अर्यालले समुद्घाटन गर्नुभयो । सो क्रममा बोल्दै उहाँले विद्यार्थीहरुको सहजताका लागि एक्सपर्टले क्यानडामा पनि शाखा संचालनमा ल्याएको बताउनुभयो । यस शाखा स्थापनाले उच्च शिक्षाका लागि क्यानडा पुगिसकेका विद्यार्थी र क्यानडा जान खोज्दै गरेका विद्यार्थीहरुका लाग सहज हुने बताउनुभयो ।

क्यानडा शाखाको उद्घाटन समारोहमा पुग्नु भएका एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारीले शाखा स्थापनासंगै विद्यार्थीहरुलाई सबैखालका सेवाका लागि सहज हुने बताउनुभयो । उहाँले नेपालबाट विद्यार्थीहरुको रोजाईमा क्यानडा पनि परेकाले कुनै समस्या भोग्न नपरोस् भन्ने उद्देश्य राखेर यो शाखा संचालनमा ल्याइएको बताउनुभयो ।
यस शाखा स्थापनासंगै एक्सपर्टको विश्वव्यापी पहुँच अझै सुदृढ बनाएको छ । समुद्घाटन कार्यक्रममा ग्लोबल ग्रुप म्यानेजर म्यानी घिमिरे, बिजनेस डेभलपमेन्ट म्यानेजर प्रशन्न दाहाललगायतको विशेष उपस्थिति रहेको थियो ।

उक्त समारोहमा नेप्लिज क्यानेडियन कम्युनिटि सर्भिसेज (एनसिसिएस) को प्रतिनिधित्व गर्दै अध्यक्ष विना बर्मा, संस्थापक अध्यक्ष विश्व बर्मा, सदस्य निमिष खनाल, सृजनशिल नेपाली समाज, क्यानडाका संस्थापक शिशिर पाण्डे, समाजसेवी तथा नेपाली समुदायका सक्रिय अभियान्ता विश्नुहरि भण्डारी, आयाम इमिग्रेसनबाट अशोक पौडेललगायत विद्यार्थी, अभिभावक, शिक्षाविद् तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

एक्सपर्ट क्यानडा शाखाको नेतृत्व रघुनाथ ढकालले गरिरहेका छन् भने एडमिसन र रिक्रुटमेन्टमा प्रविन रिजाल र क्षितिज थापा रहेका छन् । यस शाखाले विद्यार्थीहरूको परामर्श तथा भर्ना प्रक्रियामा सहयोग पुर्‍याउने छ । यस्तै क्यानडा शाखाबाट क्यानडामा अध्ययन, वोर्क पर्मिट, इमिग्रेसन तथा भिजासंगै उपयुक्त परामर्श सेवा दिनेछ ।

एक्सपर्टले क्यानडामा शिक्षा साझेदारको रूपमा नायग्रा कलेज, एल्गोमा विश्वविद्यालय, इन्टरनेशनल बिजनेस युनिभर्सिटी, सेरिडन कलेज, सेन्टेनियल कलेज लगायत थुप्रै क्यानाडाली शिक्षण संस्थाहरूसँग सहकार्य गर्दै आएको छ । जसले विद्यार्थीहरूलाई विश्वस्तरीय शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्छ ।

उद्घाटन समारोहमा सहभागी अतिथिहरूले संस्थाले विश्वभर फैलाएर सञ्चालन गरिरहेको गुणस्तरीय सेवा तथा नेपाली विद्यार्थीलाई दिएको योगदानको उच्च प्रशंसा गरेका थिए । उनीहरूले क्यानडामा यो शाखाको सुरुवातले नेपाली समुदायलाई अध्ययन र आप्रवासनका क्षेत्रमा अझ सहज बनाउने विश्वास व्यक्त गरेका छन् । यस शाखाको उद्घाटनले प्रवासी नेपाली विद्यार्थी तथा परिवारहरूका लागि विश्वासिलो सल्लाह केन्द्रको भूमिका खेल्नेछ र क्यानडाको शिक्षामा अभिरुचि राख्ने विद्यार्थीहरूलाई आवश्यक सम्पूर्ण मार्गदर्शन प्रदान गर्नेछ ।

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले विद्यार्थीहरूलाई उपयुक्त देश, पाठ्यक्रम तथा विश्वविद्यालय छनोटदेखि भिसा आवेदन, प्रि–डिपार्चर सेमिनार र गन्तव्य मुलुकमा पुगेपछि आवश्यक सहयोगसम्मका सम्पूर्ण सेवा प्रदान गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>