चितवन विशेष

टायल र ढुंगाको प्रहारबाट चितवनमा एक जना घाइते

Banner

चितवन, जेठ १२ –

चितवनको भरतपुर महानगरपालिका–२३ कृष्णचोकमा कुटपिटको घटनामा एक जना घाइते भएका छन्। गयराती कर्णसिंह बिकले स्थानीय ५६ वर्षीय सुकबहादुर बिकलाई टायल र  ढुंगाले टाउकोमा प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ।

घाइते सुकबहादुर बिकलाई उपचारका लागि तुरुन्तै भरतपुरस्थित पुरानो मेडिकल कलेजमा लगिएको थियो। उनको टाउकोमा चोट लागेको छ र अवस्था मध्यम रहेको जनाइएको छ। घटनापछि जिल्ला प्रहरी कार्यालय चितवन अन्तर्गत प्रहरी हवल्दार बुद्धिमान घिसिङको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। घाइतेको उपचारमा उनका छोरा सुनिल बराल पनि संलग्न रहेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>