कालिका

रास्वपा कालिका नगरको सभापतिमा हिरामणि चयन

Banner

कालिका,जेठ १०-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कालिका नगर समितिको सभापतिमा हिरामणि पोख्रेल चयन भएका छन । शनिवार सम्पन्न प्रथम नगर अधिबेशनले पोख्रेलको नेतृत्वमा १३ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपसभापतिमा भवानी न्यौपाने,सचिवमा सुवास ढकाल,सहसचिवमा दुर्गा प्रसाद भट्टराई चयन भएका छन ।

सदस्यहरुमा उमादेवी विश्वकर्मा,मनकुमारी प्रजा, सन्ध्या थापा, भगवती थापा,मिरा घिमिरे,सविता कुमारी महतो,लकबहादुर तामाङ,इश्वरी प्रसाद दुलाल र समुद्र भट्ट चयन भएका छन । अधिवेशनका पार्टीका केन्द्रीय उपसभापति स्वर्णिम वाग्लेले उद्घाटन गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>