चितवन विशेष

ओरेगन नेपाली समाज अमेरिकाद्धारा सुवेदीलाई छात्रवृत्ति प्रदान

Banner

चितवन, जेठ १०-

माडिको श्री बाल कल्याण आधारभुत विद्यालय कक्षा–८मा अध्ययनरत छात्र शुसाङक सुवेदीलाई छात्रवृति प्रदान गरिएको छ । सेवा र विकासका लागि युवाको समन्वय र ओरेगन नेपाली समाज अमेरिकाको आर्थिक सहयोगमा सुवेदीलाई शुक्रबार १३ हजार २ सय रुपैयाँ छात्रवृति प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समवयन समिति चितवनका सदस्य बाबुराम सुवेदिले संस्थालाई धन्यवाद दिँदै आगामी दिनहरुमा पनि यस्ता प्रकारका कार्यक्रम गर्न अनुरोध गर्नुभयो । उहाँले आगामी दिनमा विद्यार्थीहरुको मनबल बढाउने खालका कार्यक्रमहरु राख्न समेत आयोजकलाई अनुरोध गर्नुभएको छ ।

रकम हस्तान्तरण गर्दै सेवा र विकासका लागि युवाका कोषाअध्यक्ष राजु सापकोटाले विद्यार्थीलाई सहयोग गर्नु पाउँदा खुशी लागेको बताउनुभयो । राष्ट्रिय संयोजक प्रकाश कुमार शर्माले विद्यार्थीलाई संस्कार युक्त शिक्षा दिन सकियो भने मात्र भोलि राम्रो बन्दै जाने बताउनुभयो ।

कार्यक्रममा प्राज्ञिक बिद्यार्थी परिषद नेपालका राष्ट्रिय सम्पर्क प्रमुख बिष्णु पङ्गेनि, गण्डकी प्रदेश संगठन सचिव श्री नारायण तिमिल्सिना विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष गिरिधरि सुवेदी, प्राचार्य केशव राज अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>