इच्छकामना

बाटोमा हिँडिरहेका बेला चट्याङ लागेर काकाको मृत्यु, भतिज घाइते

Banner

चितवन,जेठ ८-

चितवनमा चट्याङ लागेर एक जना चेपाङको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–१ क्याङसिराङमा बुधबार दिउँसो साढे ११ बजेको समयमा बाटोमा हिँडिरहेका बेला अचानक चट्याङ लागेर स्थानीय ५१ वर्षीय बिरु चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिनुभयो । बिरुसँगै हिँडेका उहाँका भतिज ३२ वर्षीय दिलबहादुर चेपाङ सामान्य घाइते भएको खनालले बताउनुभयो ।

घटनाको बारेमा स्थानीयले इलाका प्रहरी कार्यालय मुग्लिनमा जानकारी गराएपछि प्रहरीको टोली घटनास्थलतर्फ गएको थियो । घटनास्थल इलाका प्रहरी कार्यालय मुग्लिनबाट करिब ४५ किलोमिटर टाढा पर्ने प्रहरीले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>