चितवन विशेष
जसपा नेपाल चितवन जिल्ला अध्यक्षमा अनुज जोशी
०

चितवन, वैशाख ३०-
जनता समाजवादी पाटी जसपा नेपालको चितवन जिल्ला अध्य्यक्षमा अनुज जोशी सर्वसम्मत चयन भएका छन । हिजो भरतपुरमा भएको जसपा नेपाल चितवनको प्रथम अधिवेशनले जोशीको नेतृत्वमा २९ सदस्य नयाँ कमिटी सर्वसम्मत चयन गरेको हो ।
पाटीको उपाध्यक्षमा सरस्वती वर्देवा र ईमानसिंह लामा चयन भएका छन । सचिवमा शोभा वि।क, सह-सचिवमा आशिष मियाँ र अनुरोध चौधौरी, कोषाध्यक्षमा राजु टमाटा चयन भएका छन ।
चितवन जिल्लाको अधिवेशनमा पाटीको केन्द्रीय उपाध्यक्ष विधुत बज्राचार्यको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा महासचिव रामकुमार शर्मा , कार्यकारिणी सदस्य तारा वि.क, वाग्मती प्रदेश अध्य्यक्ष जीवन तामाङ, ताम्सालिङ अध्य्यक्ष ज्ञानु लामा लगाएत छिमेकी जिल्लाको अध्य्यक्षको उपस्थिति रहेको थियो ।