चितवन विशेष
नारायणगढमा खुल्यो शैक्षिक परामर्श केन्द्र ब्राइट एजुकेशन नेटवर्क

चितवन, वैशाख २९-
नारायणगढको शहिदचोकमा शैक्षिक परामर्श सस्था ब्राइट एजुकेशन नेटवर्क सञ्चालनमा आएको छ । उच्च शिक्षा अध्ययन गर्न विदेश जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी ब्राइट एजुकेशन नेटवर्क औपचारिक रुपमा सञ्चालनमा आएको हो ।
ब्राइटबाट जापान, अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड, यूके लगायतका यूरोपका देशमा पढ्न जाने विद्यार्थीलाई लक्षित गर्दै ब्राइट एजुकेसन नेटवर्क सञ्चालनमा ल्याइएको प्रवन्ध निर्देशक अर्जुन अधिकारीले जानकारी दिनुभयो ।
दक्ष, अनुभवि तथा शिक्षा क्षेत्रमा क्रियाशिल टिमले उक्त कन्सलटेन्सी सन्चालनमा ल्याएका हुन् । विद्यार्थीहरुलाई सहज, सत्य, र सजिलो तरिकाले उच्च शिक्षाका लागि परामर्श दिने योजनाका साथ ब्राइट एजुकेसन सन्चालनमा ल्याईएको अधिकारीले बताउनुभयो ।
चितवन लगायत आसपासका जिल्लाहरुका विद्यार्थीलाई सहज पहुच होस् भन्ने उदेश्यले चितवनलाई नै केन्द्रबिन्दु बनाएर कन्सलटेन्सी सन्चालन ल्याईको उहाँको भनाई छ । आज उद्घाटनको अवसरमा निदान प्याथालोजीको प्राविधिक सहयोगमा निस्शुल्का स्वास्थ्य परीक्षण समेत गरिएको थियो ।