चितवन विशेष

भरतपुरमा ६ बर्षपछि सती घाँटु नाच हुँदै

Banner

घना गुरुङ,

चितवन, वैशाख २८-

चितवनका भरतपुर महानगरपालिका वडा नम्बर २० स्थित फलेनी गाउँमा ६ वर्षपछि सती घाँटु नाच प्रस्तुत गरिने भएको छ । बुद्ध जन्यतीको अवसर पारेर साङगपो थरपा पलरी गुम्बाले भोलीदेखि सती घाँटु नाचको आयोजना गर्न लागेको हो ।

फलेनी आमा समुहको सहयोगमा ३ दिनसम्म घाँटु नाचको आयोजना गर्न लागिएको कार्यक्रम संयोजक सोम घलेले जानकारी दिनुभयो । उहाँका अनुसार, विविध कारणले लामो समयदेखि रोकिएको घाँटु नृत्यलाई आगामी दिनदेखि निरन्तरता दिइने छ । यो नाच मार्फत राजा परशुराम र रानी एम्फावतीको दुःखद कथालाई सम्झना गराउने उहाँले जानकारी दिनुभयो ।

लडाईमा गएका घोडा र सेनाहरु राजा बिना नै फर्कन्छन् । त्यसपछि रानी राजाको मृत्यसंगै सती जान तयार हुन्छन् । गाउँ बेसी, वन, प्रकृती, माया प्रेम लगाएतका विभिन्न विधाहरुमा रहेको यो नृत्य तेस्रो दिन चण्डी थानमा लगरे समापन गर्ने प्रचलन रहेको छ । सती घाँटु गुरुङ समुदायको नेपाली लोकनृत्य हो । यो नृत्य गरिदा घाँटुसरीको (नर्तकी) आँखा बन्द हुन्छ । नृत्य अवधीभर उनिहरुले केही देख्न पाउदैनन ।

यो नृत्य मुख्यतया बैशाखी पूर्णिमा पर्वमा प्रदर्शन गरिन्छ । यो नृत्य सोही महिनाको अघिल्लो अमावस्या दिन सुरु गरिन्छ । रजस्वल्ला नभएका कन्याहरुलाई श्रीपञ्चमीको दिनमा नर्तकी छनोट गरिन्छ र त्यसपछि तीन र चार महिनासम्म तालिम दिइन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>