चितवन विशेष

विकासमा हातेमालो गर्न चितवनका पत्रकारले गरे गोरखा भ्रमण

Banner

चितवन, वैशाख २८-

गोरखा चितवन पत्रकार समाजले गोरखाका विभिन्न स्थानीय तहहरुको भ्रमण गरेको छ । गोरखाको विकास र प्रचारप्रसारमा सहयोग गर्ने उद्देश्यले गोरखाका गोरखा नगरपालिका र पालुङटार नगरपालिकाको भ्रमण गरेको हो ।

अवलोकन भ्रमणका क्रममा बोल्दै जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहन बहादुर लामाले पत्रकारको यस भ्रमणले पुर्न मिलन गराएको भन्दै खुसी व्यक्त गर्नुभयो । गोरखाको विकासका लागि जो जहाँ रहेर पनि गर्न सक्ने भन्दै आ–आफ्नो ठाउँबाट सबै लाग्न आग्रह गर्नुभयो । नेपाल एकीकरणको इतिहास रहेको गोरखाको अवस्था बारे सकारात्मक रुपमा प्रचार प्रसार गरिदिन समेत उहाँले आग्रह गर्नुभएको छ ।

गोरखा नगरपालिकाका पर्यटन शाखा प्रमुख विजय प्रसाद तिवारीले गोरखामा धार्मिक एवं पर्यटकीय सम्भावना रहेको बताउनुभयो । पछिल्लो समय पूर्वाधार निर्माणका कामहरुसमेत तिब्र गतिमा भएकाले त्यस ठाउँको प्रचारप्रसार गरेर सहयोग गरिदिनुहुन अनुरोध समेत गर्नुभयो । गोरखा नगरपालिकाको आयोजनामा पर्यटन वर्ष २०२५ चलिरहेको छ । यहाँ पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्न सकेमा धेरै पर्यटक भित्र्याउन सकिने उहाँको भनाई छ । गोरखा चितवन पत्रकार समाजका अध्यक्ष नविन बाबु मरहठ्ठाले गोरखाको भ्रमणका लागि सहयोग गर्ने सम्पूर्ण प्रति आभार प्रकट गर्दै गोरखाको प्रचार प्रसारमा आफूहरु सधैँ लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

गोरखाको विकास र प्रचार प्रसारका लागि गोरखा चितवन पत्रकार समाजले सक्दो सहयोग गर्ने जनाएको छ । अवलोकन भ्रमणको उद्देश्य बारे प्रकाश पार्दै समाजका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक शान्ता अधिकारीले आफु जन्मेको ठाउँको गोरखाको अवस्था बुझेर विकासमा हातेमालो गर्न भ्रमण गरिएको बताउनुभयो । धार्मिक एवं पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार गर्न सकियो भने आन्तरीक एवं बाह्य पर्यटकहरु तान्न सकिने उहाँले बताउनुभयो । बसाई सरेर चितवन गए पनि पछिल्लो समय बसाई सर्नेक्रम रोकीएको उहाँको भनाई छ ।

कार्यक्रममा होटल व्यवसायी गोरखाका अध्यक्ष केशव कुँवर, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकालले समन्वय गर्नु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>