Uncategorized
उद्योग वाणिज्य संघले प्रहरी प्रमुख पुरीलाई गर्यो चितवनमा स्वागत

चितवन, वैशाख २८-
उद्योग वाणिज्य संघ–चितवनले जिल्ला प्रहरी प्रमुखको स्वागत गरेको छ । आज (आइतबार) एक कार्यक्रमको आयोजना गर्दै संघले प्रहरी उपरिक्षक गोविन्द पुरीलाई स्वागत गरेको हो ।
कार्यक्रममा संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले लामो समयदेखी उद्यमी व्यवसायी र प्रहरी प्रशासन एक आपसमा सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सहकार्य रहने बताए । यस्तै जिल्लाको पर्यटनलाई केन्द्रीत गर्दै कार्यक्रम सञ्चालन गर्न सके आर्थिक क्षेत्र चलायमान हुने भएकोले उनले पर्यटकीय सुरक्षाका लागि समेत अनुरोध गरेका छन् । उनले जिल्लाको शान्ति सुरक्षाको सवालमा समेत प्रहरीसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका निवर्तमान अध्यक्ष चुननारायण श्रेष्ठले जिल्लाको पार्किङ्ग व्यवस्थापनलाई दिगो र प्रभावकारी बनाउन तर्फ ध्यान दिन आग्रह गरेका छन् ।
यस्तै कार्यक्रममा प्रहरी उपरिक्षक पुरीले जिल्लाको शान्ति, सुरक्षा र अमन चयनमा कुनै कसुर नराख्ने बताए । उनले जिल्लको शान्ति सुरक्षा व्यवस्थापनमा उद्योगी, व्यवसायीको तर्फबाट पनि सहकार्यको अपेक्षा राखेको बताएका छन् ।
कार्यक्रममा संघका उपध्यक्ष त्रय राजेन्द्र ओली, अशोक अधिकारी, नारायण प्रधान, कार्यकारी निर्देशक निलबहादुर के।सी लगायत संघका कार्यसमिति सदस्य विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
























