इच्छकामना

इच्छाकामनामा गठन भयो मानवअधिकार एलाइन्स

Banner

भरतपुर,बैशाख २८-

राष्ट्रिय मानवअधिकार सामाजिक न्याय मञ्च (मानवअधिकार एलाइन्स) चितवन शाखाले इच्छाकामना गाउँपालिकामा कमिटी गठन गरेको छ । एलाइन्सको पालिकास्तरीय कमिटी गठन कार्यक्रमअन्तर्गत शनिबार इच्छाकामना गाउँपालिकामा कमिटी गठन भएको हो ।

मानवअधिकार एलाइन्स चितवनका अध्यक्ष किशोर खनालका अनुसार मानवअधिकार रक्षकहरुको भेलाले गाउँपालिकामा कमिटी गठन गरेको हो । ‘यसअघि खैरहनी र रत्ननगरमा एलाइन्सको पालिका कमिटी गठन भइसकेको छ’ अध्यक्ष खनालले भने ।

इच्छाकामना गाउँपालिकाको भेलाले दलबहादुुर बुढाथोकीको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरिएको छ । प्रत्येक वडाबाट एक जना प्रतिनिधि कमिटीमा रहेका छन् । भेलाकी प्रमुख अतिथि इच्छाकामना गाउँपालिका उपप्रमुख माया सिलवालले निर्वाचित कमिटीलाई मानव अधिकारको रक्षार्थमा निरन्तर लाग्नलाई सुझाव दिएकी थिइन् ।

‘मानवअधिकारबाट कोही वञ्चित भएमा उसलाई न्याय दिलाउन अब इच्छाकामना कमिटीको सक्रिय भूमिका रहनेछ’ सिलवालले भनिन्, ‘आगामी वर्ष गाउँपालिकाले मानवअधिकारसम्बन्धी सचेतनाका कार्यक्रम ल्याउन सहयोग गर्नेछ ।’

कमिटीको उपाध्यक्षमा कमला भट्टराई, सचिवमा शान्तादेवी पाण्डे, कोषाध्यक्षमा लक्ष्मी कँडेल, उपसचिवमा राधा कँडेल निर्वाचित भएका छन् । सदस्यहरुमा नवीन सिलवाल, विशाल गुरुङ, हिराबहादुर गुरुङ, तकवीर गुरुङ, मीनबहादुर श्रेष्ठ, रामबहादुर घर्ती, आकृति त्रिपाठी, मनकुमारी गुरुङ, माधव गिरी, कमला भण्डारी, पार्वती गुरुङ र गोमा गुरुङ निर्वाचित भएका छन् । गाउँपालिकाको अध्यक्षमा निर्वाचित दलबहादुर बुढाथोकीले इच्छाकामनाको मानवअधिकारको रक्षामा कमिटी सदैव सक्रिय हुने र यसको सञ्जाललाई वडा तहसम्म लैजाने प्रतिबद्धता जनाए ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>